images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक...

दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

दाङमा सात सय ३० हेक्टरमा व्यावसायिक केराखेती

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • घोराही (दाङ) ।  पछिल्लो समय यहाँ व्यावसायिक रूपमा केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भएको थियो । यसमा नौ हजार ९७३ मेट्रिक टन केरा उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    images
    images

    अघिल्लो आवमा छ सय ७० हेक्टर क्षेत्रमा केराखेती भएको ज्ञान केन्द्रसँग तथ्याङ्क छ । गत आवमा एक सय ५० हेक्टर केराखेती हुने क्षेत्रफल वृद्धि भएको हो । जिल्लाको उत्पादनले बजारको करिब ७० प्रतिशत माग धान्ने गरे पनि चाडपर्वका समयमा भने बाहिरी जिल्लाकै भर पर्नुपर्ने अवस्था रहेको केन्द्रका प्रमुख भण्डारी बताउनुहुन्छ ।“जिल्लामा पछिल्लो समय व्यावसायिक केराखेती बढ्दै गएको छ, उत्पादन वृद्धि भएको र आत्मनिर्भर उन्मुखतर्फ अगाडि बढेको छ”, प्रमुख भण्डारीले भन्नुभयो । रोपेको सबै बिरुवा उत्पादन दिने नभएकाले अहिलेलाई बाहिरबाट आउने केरामै भर पर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

    जिल्लामा देउखुरीको राप्ती, शान्तिनगर,गढवा गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक केराखेती हुने गरेको छ । केराखेतीमा ठूलो लगानी गर्ने किसान तथा व्यवसायी पनि लागेको पाइएको छ ।प्रमुख भण्डारीका अनुसार जिल्लामा केराखेतीको राम्रो सम्भावना छ, त्यसैले पनि पछिल्लो समयमा केराखेती गर्नेको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ । केराको बजारसमेत राम्रो रहेको उहाँ बताउनुहुन्छ । सबैले उपयोग गर्ने भएकाले केरा खपतमा समस्या छैन । खेती विस्तारका लागि किसानलाई कार्यालयले अनुदानसमेत दिएको थियो ।

    images
    images

    अन्य याममा जिल्लामा उत्पादन भएका केराले लगभग पुग्ने भए पनि चाडपर्वका समयमा जिल्ला बाहिरसँगै भारतबाट फलफूल भित्र्याउनुपर्ने अवस्था  छ । केराको मागअनुसार उत्पादन हुन नसक्दा जिल्ला बाहिरबाट केरा ल्याउनुपर्ने हुँदा बर्सेनि करोडौँ रकम बाहिरिने गरेको व्यवसायी भगत विक बताउनुहुन्छ । “जिल्लाको उत्पादनले तीन महिना पनि धान्न सक्दैन”, फलपूmल व्यवसायी विकले भन्नुभयो । जिल्लामा धेरै केरा भारतबाटै आउने गरेको उहाँको भनाइ छ । चितवन, नवलपरासी, टीकापुरलगायत जिल्लाबाट केरा ल्याउने गरे पनि बाह्रै महिना नपुग्ने उहाँको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend