images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • सुशीला कार्की प्रधानमन्त्री नियुक्ति ‘महत्त्वपूर्ण कदम’...

सुशीला कार्की प्रधानमन्त्री नियुक्ति ‘महत्त्वपूर्ण कदम’ बेलायत

सुशीला कार्की प्रधानमन्त्री नियुक्ति ‘महत्त्वपूर्ण कदम’ बेलायत

images
images
शनिवार, भाद्र २८ २०८२
शनिवार, भाद्र २८ २०८२
  • काठमाडौँ । भदौ २८, संयुक्त अधिराज्य बेलायतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिएको विषयलाई ‘महत्त्वपूर्ण कदम’ को रूपमा व्याख्या गरेको छ।

    images
    images

    शुक्रबार कार्कीले प्रधानमन्त्री पदको जिम्मेवारी सम्हाले पछि नेपालस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिंदै यो नियुक्ति नेपालको लोकतान्त्रिक यात्रामा सकारात्मक संकेत भएको उल्लेख गरेको हो।

    बेलायती दूतावासले नेपालको दीर्घकालीन मित्रका रूपमा आगामी चुनौतीहरूलाई सामना गर्दै उत्तरदायित्व युक्त र समावेशी शासनप्रति नेपाली जनताको आकाङ्क्षालाई समर्थन जारी रहने स्पष्ट पारेको छ।

    images
    images

    नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशको रुपमा पहिचान बनाएकी कार्की अन्तरिम प्रधानमन्त्री बनेकी पहिलो महिला पनि हुन्। उनको नियुक्तिलाई देशभित्र र अन्तर्राष्ट्रिय समुदायबाट व्यापक चासोका साथ हेरिएको छ।

    uk

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend