काठमाडौँ । भदौ २६, चर्चित ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती उर्फ गोरे केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका छन्।
देशभर फैलिएको जेनजी आन्दोलन सँगै उत्पन्न अराजकतालाई अवसर मानेर सुन्धारास्थित केन्द्रीय कारागारबाट झण्डै ३,३०० कैदीबन्दीहरू भागेका छन्, जसमा गोरे पनि परेको पुष्टि भएको छ। घटनाका बेला कारागारमा रहेका ३,८०० कैदीमध्ये करिब ५ सय मात्र जेलमै बसेका थिए।
सुरक्षा स्रोतका अनुसार, नख्खु कारागारबाट निस्किएको समूहले राति करिब १०ः०० बजे सुन्धारा कारागारमा हमला गरेको थियो। त्यहीबेला प्रहरीहरू आर्मी हेडक्वार्टरतर्फ भागेपछि सुरक्षामा खटिएको फौज कमजोर बनेको र नेपाली सेना ढिलो गरी घटनास्थलमा पुगेको जनाइएको छ।
गोरे सन् २०७४ मा सुन तस्करीमा संलग्न रहँदा सनम शाक्यको हत्या प्रकरणमा समेत मुछिएका थिए। सरकारी छानबिनका क्रममा उनको समूहले तीन वर्षको अवधिमा ३८ क्विन्टल सुन तस्करी गरेको ठहर गरिएको थियो।
यद्यपि, केही फरार कैदीहरू हाल पुनः कारागारमा फर्किन थालेको बताइएको छ, गोरेको अवस्थाबारे भने कुनै ठोस जानकारी छैन।




.gif)





