images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • सीमित कर्मचारीमार्फत बैंकिङ सेवा सञ्चालन गर्न...

सीमित कर्मचारीमार्फत बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

सीमित कर्मचारीमार्फत बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । भदौ २६, निषेधाज्ञाका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सबै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सीमित कर्मचारीमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ।

    images
    images

    राष्ट्र बैंकले आज जारी गरेको सूचनामा नेपाली सेनाले २५ भदौमा जारी गरेको निषेधाज्ञा सम्बन्धी व्यवस्थालाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाहरूलाई व्यवसायिक निरन्तरता दिन आग्रह गरिएको हो।

    सूचनामा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले आफ्ना संवेदनशील प्रणाली सीमित कर्मचारी मार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सञ्चालन गर्नु पर्नेछ। अन्य प्रणालीमा भने जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ।”

    images
    images

    राष्ट्र बैंकले सेवाग्राहीलाई जानकारी दिनका लागि सञ्चालनमा रहेका शाखा, एटीएम र उपलब्ध सेवाबारे सूचना सम्बन्धित संस्थाहरूको वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न पनि आग्रह गरेको छ।

    यस निर्देशसँगै निषेधाज्ञाको अवधिमा पनि आम नागरिकलाई आधारभूत वित्तीय सेवा प्राप्तिमा सहजता हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend