images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मनसुन सक्रियः देशभर बदली, केही स्थानमा...

मनसुन सक्रियः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रियः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

images
images
बिहिवार, भाद्र २६ २०८२
बिहिवार, भाद्र २६ २०८२
  • काठमाडौँ । भदौ २६, हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावले देशभर सामान्य बदली रहेको छ भने केही स्थानहरूमा वर्षा भइरहेको छ।

    images
    images

    मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। तीमध्ये कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    images
    images

    आज रातिसमेत देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य पहाड तथा तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाड र तराई, मधेस प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई भूभागमा पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।

    महाशाखाले संभावित भारी वर्षालाई ध्यानमा राख्दै ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend