काठमाडौँ । भदौ २५, जेनजी आन्दोलनका कारण मङ्गलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पुनः सञ्चालनमा आएको छ। विमानस्थल सुरक्षा समितिको निर्णय अनुसार तत्काल लागू हुने गरी उडानहरू पुनः सुचारु गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलले सार्वजनिक सूचना जारी गर्दै विषम परिस्थितिका कारण रोकिएको हवाई सेवा आज देखि सञ्चालनमा आउने उल्लेख गरेको छ। यात्रुलाई आ–आफ्नो वायुसेवा कम्पनी सँग सम्पर्क गरी उडान तालिकाबारे जानकारी लिएर मात्र विमानस्थल पुग्न अनुरोध गरिएको छ। यात्राका क्रममा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात अनिवार्यरूपमा साथमा हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
यसैबीच, निजी क्षेत्रको प्रमुख हवाई सेवा प्रदायक बुद्ध एयरले पनि बिहीबार बिहान देखि आफ्ना सबै उडान नियमित हुने जानकारी दिएको छ।




.gif)





