images

२०८३ आश्विन १६ गते

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। मंगलबार देखि बन्द गरिएको विमानस्थल कहिले खुल्ने भन्ने बारेमा हालसम्म कुनै निश्चित समय तोकिएको छैन।

    images
    images

    विमानस्थल कार्यालयले मंगलबार एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि विमानस्थल बन्द रहने जानकारी दिएको हो। यसअघि दिउँसो १२ बजेबाट विमानस्थल पुनः सञ्चालनमा आउने भनिएको थियो, तर त्यो सम्भव नभएको विमानस्थल स्रोतले जनाएको छ।

    हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका उडानहरू प्रभावित भएका छन्। यात्रुहरूका लागि असुविधा नहोस् भनेर विमानस्थल प्रशासन र सम्बन्धित एअरलाइन कम्पनीहरूले वैकल्पिक व्यवस्था मिलाउने प्रयास गरिरहेको बताइएको छ।

    images
    images

    विमानस्थल किन बन्द गरिएको हो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ। यात्रुहरूलाई विमानस्थल वा सम्बन्धित एअरलाइन मार्फत नियमित जानकारी लिन अनुरोध गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend