images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी...

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । भदौ २५, जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशभर मनसुन सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले देशका विभिन्न भागमा वर्षा भइरहेको छ र यो क्रम केही दिनसम्म जारी रहने सम्भावना छ।

    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, बुधबार बिहानैदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आकाश सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

    images
    images

    आज राति पनि देशभर बदली रहनेछ। विशेषगरी, मधेश प्रदेशका अधिकांश स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

    देशका अन्य पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

    विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend