images

२०८३ आश्विन २५ गते

images
images
images

कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने

कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर ९क्ष्एइ० निष्काशन गर्ने भएको छ।कम्पनीले धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र निर्देशनअनुसार नियामक निकायबाट स्वीकृति प्राप्त गरी सेयर सर्वसाधारणमा सार्वजनिक गर्ने जनाएको छ।

    images
    images

    जारी पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीले उक्त पूँजीको ३० प्रतिशत सर्वसाधारणमा प्राथमिक निष्कासनमार्फत बिक्री गर्नेछ। बाँकी ७० प्रतिशत रकम विभिन्न पर्यटन परियोजना, केवलकार कम्पनी, उर्जा कम्पनी तथा कृषि उत्पादन क्षेत्रका लगानीमा प्रयोग भइसकेको कम्पनीले जनाएको छ।

    सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। सम्झौतामा कम्पनीका अध्यक्ष बालकृष्ण शिवाकोटी र नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend