images

२०८३ आश्विन १९ गते

images
images
images

उत्तरी गोरखाका किसान धमाधम स्याउ टिप्दै

उत्तरी गोरखाका किसान धमाधम स्याउ टिप्दै

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • गोरखा । उत्तरी गोरखामा किसानले बगैँचाबाट धमाधम स्याउ टिप्न थालेका छन्। उनीहरू स्याउ टिपेर बिक्री गर्न बजार लैजाने तयारीमा जुटेका छन्।चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित ‘इन गोरखा प्रोडक्ट प्रालि’को स्याउ फर्ममा गाला जातको स्याउ टिपिसकिएको फर्मका सञ्चालक लाक्पा ढुण्डुप लामाले जानकारी दिए। उनको बगैँचामा गाला, गोल्डेन र फुजी जातका स्याउ फलेका छन्।

    images
    images

    ‘गाला स्याउ टिपिसकियो। अब गोल्डेन टिप्ने तयारी भइरहेको छ’, उनले भने, ‘अबको एक महिनामा फुजी स्याउ पनि टिप्ने बेला हुन्छ।’ यसपटक गाला स्याउ १० हजार किलो उत्पादन भएको उनले जानकारी दिए। ‘दुई ट्रक स्याउ काठमाडौँ पठाइसकेको छु। काठमाडौँमा बिक्री गर्न समस्या छैन।’चार वर्षअघि लगाइएको लामाको बगैँचामा यतिबेला १२ हजार ५०० बोटमा स्याउ फलेका छन्। उनले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नामले ब्रान्डिङ गर्दै आएका छन्।

    यसैगरी दुई हजार ७०० मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ लामा यतिबेला टिप्ने बेला भएको लटरम्म स्याउको बगैँचा देखेर दङ्ग छन्। चुमनुब्री गाउँपालिका–२ ल्होमा रहेको सो स्याउ बगैँचा पाँच हजार बोट लटरम्म स्याउले भरिभराउ छ।गाला जातको स्याउ टिप्ने बेला भइसकेको सञ्चालक लामाले बताए । उनको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियसलगायत जातका स्याउ छन्। असोज पहिलो हप्ताभित्रै सबै प्रजातिका स्याउ टिप्न थाल्ने उनले जानकारी दिए ।लामाको बगैँचामा तीन वर्षदेखि स्याउ उत्पादन हुन थालेको हो। उनले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्रान्डिङ गरेका छन् ।

    images
    images

    लामाले गत वर्ष आठ हजार किलो स्याउ उत्पादन गरेका थिए। पहिलो वर्ष भने उनको बगैँचामा सात सय किलो मात्र स्याउ उत्पादन भएको थियो। उत्पादन बर्सेनि बढ्दै गएको लामाले बताए।‘यस वर्ष १० हजार किलो उत्पादन हुने अनुमान छ’, लामाले भने। ल्होका अन्य स्थानीयले पनि घरायसी प्रयोगका लागि थोरथोरै स्याउ उत्पादन गर्दै आएका छन्।गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञानकेन्द्र गोरखासँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो। चार वर्ष अघि कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो। स्याउ बगैँचा स्याउखेतीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गरिएको छ।

    ‘हाम्रो स्याउ फर्म उच्च गुणस्तरको जातको स्याउ उत्पादन गर्ने मात्र नभई स्याउखेतीको अध्ययन गर्नेका लागि अध्ययन केन्द्रका रुपमा पनि विकास गरेका छौँ’, मनास्लु स्याउका उत्पादक छिरिङ धार्के भन्छन्, ‘यहाँ आएर अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क आवास र खानाको व्यवस्था गरेका छौँ।’चुमनुब्री गाउँपालिकाका अधिकांश ठाउँमा स्याउखेती राम्रो हुने हुनाले अन्य किसानले पनि व्यावसायिक स्याउखेती गर्न थालेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend