images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • रुसले युक्रेनमाथि हान्यो ८०० भन्दा बढी...

रुसले युक्रेनमाथि हान्यो ८०० भन्दा बढी ड्रोन–मिसाइल

रुसले युक्रेनमाथि हान्यो ८०० भन्दा बढी ड्रोन–मिसाइल

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • किभ । गएको राति रुसले युक्रेनमाथि सयौँ ड्रोन र मिसाइल प्रहार गरेको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले आइतबार बिहान किभको क्याबिनेट भवनमा आक्रमण भएको आधिकारिक रूपमा पुष्टि गरेकी छिन् ।रुसी आक्रमणमा यो भवनलाई निशाना बनाएको यो पहिलो पटक थियो । रातभर जारी रहेको आक्रमणमा रुसले ८०५ वटा ड्रोन र १३ वटा मिसाइलहरू प्रहार गरेको युक्रेनी वायुसेनाले बताएको छ । 

    images
    images

    यीमध्ये ७५१ ड्रोन र मिसाइललाई आफ्ना सेनाले आकाशबाटै भुइँमा झारेको वायुसेनाले भनेको छ । वायुसेनाको अनुसार ९ मिसाइल र ५६ ड्रोनहरू ३७ स्थानमा खसेका थिए । यसका भग्नावशेष्हरूले आठ ठाउँमा खसेको बताइएको छ ।आफूले आइतबार बिहान इन्डिपेन्डेन्स स्क्वायर पछाडिबाट धुवाँको ठुलो बादल आकाशमा उडिरहेको देखेको किभमा रहेकी बीबीसीकी पूर्वी युरोप संवाददाता सारा रेन्सफोर्डले बताइन् । 

    दुई रुसी क्रूज मिसाइलहरू धेरै उच्च गतिमा दौडिरहेको अनि केहीबेरमै विस्फोट सुनेको पनि उनले बताइन् । रुसी मिसाइलहरू र ड्रोनहरूले सहरको केन्द्रमा सिधै आक्रमण गर्नु असामान्य हो । युक्रेनको वायु रक्षा प्रणाली यस क्षेत्रमा धेरै बलियो छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend