images

२०८३ आश्विन १८ गते

images
images
images

लमजुङको गाईखुरे झरना पर्यटकीय गन्तव्य बन्दै

लमजुङको गाईखुरे झरना पर्यटकीय गन्तव्य बन्दै

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौँ । लमजुङ, बेँसीसहर झर्झराउँदै पहाडको छाती चिरेर बग्ने सुन्दर झरना, वरिपरि हरियालीको घेराबन्दी र फेदमा निलो पोखरी  यिनै दृश्यले पछिल्लो समय पर्यटकलाई लोभ्याइरहेको छ लमजुङको बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरनाले।

    images
    images

    डुम्रे–बेँसीसहर सडक किनारमै रहेको यो झरनामा दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन्। शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन यो संख्या दोब्बर हुने गरेको स्थानीय बासिन्दा सुदीप पन्तले बताए। यात्रुहरू गाडी रोकेरै भए पनि झरनाको छेउमा पुग्ने, सेल्फी खिच्ने र पोखरीमा पौडी खेल्ने गर्छन्।

    सडकमै सजिलो पहुँच,बेँसीसहर नगरपालिका–७ की अस्मिता थापा भन्छिन्, “सडक छेउमै झरना भएकाले प्रायः कोहीले छुटाउँदैनन्। शीतल पानी र हरियालीबीच सेल्फी खिच्दा नै आनन्द आउँछ।”

    images
    images

    यस्तै, पर्यटक शङ्कर श्रेष्ठले साथीभाइसँग झरनाको रमाइलो दृश्यमा फोटो खिच्न र पौडी खेल्न अत्यन्त रमाइलो हुने अनुभव सुनाए।

    व्यवस्थापनको खाँचो,हालसम्म झरनाको पूर्वाधार भने व्यवस्थित हुन सकेको छैन। पर्यटक ईश्वर सेढाइँ भन्छन्, “बाढीपहिरोका कारण झरनाको प्राकृतिक सौन्दर्यमा असर पर्न थालेको छ। यसलाई व्यवस्थित गर्न ढिलाइ गर्नु हुँदैन।”

    उनका अनुसार यहाँ साहसिक खेलजस्तै क्यानोनिङको पनि राम्रो सम्भावना छ। झरनाको अधिकतम सदुपयोगका लागि पूर्वाधार विकास जरुरी भएको उनी बताउँछन्।

    नगरपालिकाको योजना,गाईखुरे झरनालाई व्यवस्थित गर्न बेँसीसहर नगरपालिकाले चालु आर्थिक वर्षमा ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख गुमानसिंह अर्यालले जानकारी दिए। “झरना निरन्तर झार्न मर्स्याङ्दी नदीबाट पानी तानेर ल्याइने, पोखरी निर्माण, पार्किङस्थलको व्यवस्थापन र साहसिक खेल सञ्चालन गर्ने योजना छ,” उनले भने।

    चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार नै बेँसीसहर भएकाले यो झरनाबाट विदेशी पर्यटक पनि आकर्षित हुने अपेक्षा गरिएको छ।

    प्राकृतिक रूपमा वर्षायामको असार देखि असोज सम्म मात्रै झर्ने गाईखुरे झरनालाई बार्है महिना चलायमान बनाउने तयारीसमेत नगरपालिकाले गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend