काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आगामी चाडपर्वलाई लक्षित गरी ‘प्रि-फेस्टिभ फियस्टा’ नामक विशेष कार्यक्रम घोषणा गरेको छ।यो कार्यक्रम यही भदौ २० र २१ गते (सेप्टेम्बर ५ र ६) देशभरका टाटा शोरुममा सञ्चालन हुनेछ।
दुई दिने यस कार्यक्रममा ग्राहकहरूले टाटाका इलेक्ट्रिक तथा पेट्रोल/डिजेल गाडीहरूको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।प्रदर्शनीमा टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी जस्ता इलेक्ट्रिक र टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसीई गाडीहरू उपलब्ध हुनेछन्।
कार्यक्रममा गाडी बुक गर्ने ग्राहकले लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र एक वर्षे सवारी कर, निःशुल्क बीमा तथा एसेसरिज, निःशुल्क होम चार्जर जडान लगायतका सुविधा पाउनेछन्।यो योजनाले ग्राहकलाई आर्थिक लाभ मात्र नभई चाडपर्वको उत्साहसँग जोड्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।




.gif)





