images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म आवेदन...

जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आजसम्म आवेदन दिन सकिने

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं । जोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । यस हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था रहेको भएपनि मागबमोजिम आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको थियो ।

    images
    images

    नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हाल कायम चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको १०ः६.५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो ।  जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो।कम्पनीका सेयरधनीहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

    हकप्रद सेयर जारी गर्न कम्पनीले गत असार ८ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। असार ६ गते शुक्रबार र ७ गते शनिबार परेकोले त्यसको अघिल्लो दिन अर्थात् असार ५ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।जोशी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend