images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • गृहकार्य नगरेको कारण विद्यार्थी...

गृहकार्य नगरेको कारण विद्यार्थी आफैँले फैलाए अपहरणमा परेको हल्ला...

गृहकार्य नगरेको कारण विद्यार्थी आफैँले फैलाए अपहरणमा परेको हल्ला...

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं । गुल्मीको मदाने ६ कंकेदेउरालीबाट मंगलबार पृथ्वी मावि, पुर्कोटमा पढ्न जाँदै गरेका विद्यार्थी अपहरणको समाचार बाहिर आएपछि जिल्लाभर सनसनी फैलियो । विद्यालय जाँदै गरेको ८ जनाको समूहमा कंकेदेउरालीमा जम्मा भएका चार अपरिचित समूहले हामी तिमीहरुलाई लैजान्छौं भनेर डर देखाएपछि विद्याथीहरु भागाभाग भएको हल्ला फैलियो ।कोही रुन थाले त कोही भाग्न थाले । यस्तो सूचना सुनेपछि आफूहरुको होस उडेको विद्यार्थीहरुको भनाइ छ । यस्तो त्रास सुनेपछि सोही समूहमा रहेका कक्षा ७ मा पढ्ने दीपक थापा नजिकैको मन्दिरमा गएर लुके तर सँगैका साथीहरुलाई भने उनलाई त्यही डर देखाउने समूहले नै लगेको त्रास भयो ।

    images
    images

    भनभने घर भएका थापा अपहरणमा परेको सूचना आएपछि नजिकै पुर्कोट दहको प्रहरी र जिल्लाबाट पनि ठूलो प्रहरी तथा स्थानीय उनको खोजविनमा लामो समय जुटे । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले सानो गलत सूचनाले सबैतिर अनावश्यक हल्ला फैलिएको र ती विद्यार्थी नजिकैको मन्दिरमा लुकेर बसेको अवस्थामा भेटिएको बताए ।‘विद्यालय जाँदै गरेका विद्यार्थीलाई बाटोमा बसेका कसैले जिस्काएको नाटक गरियो, उनीहरु चिच्चाएका रहेछन्, ती विद्यार्थीमध्ये एक नजिकैको मन्दिरमा लुकेर बसेका रहेछन् अरु उनी हराएको भन्दै सबै चिच्चाए, यस्तो संवेदनशील विषयमा गलत समाचार फैलाएर लामो समय प्रशासनलाई तनाव भयो, विद्यार्थी तथा अभिभावकमा अनावश्यक त्रास सृजना भयो’ उनले नेपाल प्रेससँग भने, ‘यस्तो विषयमा गलत काम गर्नेहरुबाट सचेत हुनुपर्दछ, सूचनामा पनि सजग हुनुपर्दछ, ती बच्चा नजिकैको मन्दिरमा लुकेका रहेछन्, हामी सारा शक्ति लगाएर जंगलभर खोज्न हिंडुनपर्यो ।’

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गंगाबहादुर सारुले ती बच्चाहरु विद्यालय जान ढिलाई भएकाले अपहरणको नाटक रचेर सबैलाई गुमराहमा पारेको जनाए । ‘अपहरण केही होइन, बच्चाहरुले नाटक गरेर यस्तो भयो, स्कुल जान ढिला गरेका रहेछन्, स्कुलमा समयमा पुगेनन्, बाटोका लुकेको देखेपछि उनीहरुले नयाँ हल्ला गरेर अभिभावकसँग जोगिन यस्तो हल्ला गरेपछि चारैतिर तनाव भयो, हामी पनि यस्तो संवेदनशील विषय भनेर तत्काल पुगेर चारैतिर पुगियो तर उनीहरुको नाटक भन्ने बुझिएन’ उनले  भने, ‘यस्तो विषयमा नाटक गरेर साँच्चिकै समस्यामा परेका बेला पनि उद्दार नहुने वातावरण उनीहरुले बनाए ।’सो विद्यालयका प्रअ मदनबहादुर कुँवर क्षेत्री आफ्नो विद्यार्थी अपहरणको सूचना बाहिर आएपछि सबै विद्यार्थी, शिक्षक, स्थानीय, प्रहरी प्रशासन खोजीमा लागेको जनाएका छन् । त्रासमा रोएका विद्यार्थीले साथी अपहरणमा परेको भनेपछि सबैलाई चिन्ता लागेको उनको भनाइ छ ।

    images
    images

    पृथ्वी मावि, पुर्कोटमा पढ्ने छात्रा आयुस्मा ताम्रकारले रुँदै अपरिचित व्यक्तिद्वारा साथी अपहरण गरेको र आफूहरुलाई पनि लैजान खोजेको बताएकी थिइन् । ‘चार जनाको समूहमा रहेकाहरुले आफूलाई पनि लतारेको, सँगै भएको साथीलाई लगे, हामी ८ जना थियौं अब ७ जना भयौंं, टाइले मुखमा बाँधेको, कि तलाई बेच्चम् कि मारिदिन्छ भनेकाले केही बोल्न सकिएन’ स्थानीय पत्रकार प्रेम सुनारसँग उनले रुदै भनेको भिडियो सार्वजनिक भएपछि सबैतिर त्रास बढेको थियो ।मदाने ६ का वडाध्यक्ष मनिराम थापाले विद्यार्थीहरुले गृहकार्य नगरेर विद्यालय नगएको र आफै यस्तो विषय बाहिर ल्याएर सबैलाई दुःख दिएको जनाए ।‘उनीहरुले होमवर्क नगरी बसेका रहेछन्, शिक्षकलाई छल्न घरबाट हिंडेपनि विद्यालय पुगेनन्, केही अभिभावकले बाटोमा देखेपछि आफू अपहरणमा परेको अनावश्यक विषय बाहिर ल्याउँदा यस्तो समस्या आयो, यो सबै फेक विषय रहेको प्रहरीले नै जनाएको छ’, उनले भने ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend