images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • नाडाले गर्न लागेको विशेष साधारणसभा रोक्न...

नाडाले गर्न लागेको विशेष साधारणसभा रोक्न प्रशासनको निर्देशन

नाडाले गर्न लागेको विशेष साधारणसभा रोक्न प्रशासनको निर्देशन

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ २४ गते गर्न लागेको विशेष साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सोमबार नाडालाई चिठ्ठी पठाउँदै प्रशासनले विशेष साधारणसभा बोलाउनका लागि गरिएका निर्णयहरूसहित सात दिनभित्र प्रशासन कार्यालयमा उपस्थित पनि अनुरोध गरेको छ ।

    images
    images

    ‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधरणसभा रोकी पाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता भएकाले विधानबमोजिम वार्षिक साधरणसभा नबोलाई के–कति कारणले विशेष साधरण् सभा गर्न लागिएको हो ?,’ चिठ्ठीमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनका विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? ’यसैको सन्दर्भमा अटो व्यवसायीसँग मंगलबार छलफल भइरहेको जिल्ला कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए । छलफलकै क्रममै रहेकाले केही निर्णय भइनसकेको उनले सुनाए ।

    The administration's instructions to stop the special general meeting to be held by NADA

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend