images

२०८३ आश्विन १६ गते

images
images
images

चौँरीपालन व्यवसाय निरन्तर संकटमा

चौँरीपालन व्यवसाय निरन्तर संकटमा

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौँ । चौतारा, सिन्धुपाल्चोक जलवायु परिवर्तनको प्रतिकूल असरले उच्च हिमाली क्षेत्रको परम्परागत चौँरीपालन व्यवसाय संकटमा परेको छ। सिन्धुपाल्चोकको ३,००० देखि ६,००० मिटर उचाइसम्म फैलिएको हिमाली खर्कमा वर्षौँ देखि चल्दै आएको घुम्ती गोठ प्रणाली क्रमशः हराउँदै जान थालेको छ।

    images
    images

    हिउँको अभाव, घाँसको कमी र मौसममा आएको असमान्य परिवर्तनका कारण चौँरी, याक र भेडापालन गर्न गाह्रो हुन थालेको चौँरीपालक किसानहरू बताउँछन्। जुगल गाउँपालिका–स्थित तेम्बाथनका पासाङ शेर्पा भन्छन्, “पहिले बाह्रै महिना हिउँले टल्कने हिमाल अहिले काला पहाडमा परिणत भएको छ। चिसो नहुनु, घाँस नपाइनु जस्ता समस्याले चौँरी पाल्न मुस्किल भएको छ।”

    पाँचपोखरी क्षेत्रका अर्का किसान ईन्द्रबहादुर गुरुङ यस पेसाबाटै पलायन भइसकेका छन्। उनका अनुसार घाँसको अभाव, चौँरीको मृत्युदर बढ्नु र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षणले पुस्तौँ देखिको परम्परागत व्यवसाय समाप्ति तर्फ उन्मुख छ।

    images
    images

    दलु लामा जस्ता किसानहरू उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यता र व्यापारीद्वारा महँगोमा पुनः बिक्री गरिने प्रवृत्तिले युवाहरूको यो पेसा प्रति आकर्षण घटेको बताउँछन्।

    विशेषगरी चरन योग्य खर्कको ह्रास, जलवायुजन्य रोगको वृद्धि र आधुनिक सुविधाको अभावले गर्दा हिमाली समुदायमा चौँरीपालनको निरन्तरता संकटमा परेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend