images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पहिरोबाट होक्मा गाउँका ६ घर उच्च...

पहिरोबाट होक्मा गाउँका ६ घर उच्च जोखिममा

पहिरोबाट होक्मा गाउँका ६ घर उच्च जोखिममा

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका ६ घर परिवार पहिराेका कारण विस्थापित भएका छन् । गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरु विस्थापित भएका हुन् ।

    images
    images

    स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिराले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टङ्क भण्डारीको घरसमेत जोखिममा रहेका छ ।

    चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गइ बसेको बताइएको छ । अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend