images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पाकिस्तानमा बाढीका कारण एक लाख ५०...

पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • इस्लामाबाद, पाकिस्तान । भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीले पञ्जाब प्रान्तका तीनवटा प्रमुख नदीका छेउछाउका क्षेत्रबाट एक लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ । 

    images
    images

    भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको जनाउनुभएको छ । 

    उहाँका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनी पछि स्वेच्छाले सुरक्षित स्थलतर्फ भागेका छन् । पन्जाब र कश्मीरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बिचमा रावी, सतलज र चेनाब नदिले ठूलो बाढीको सामना गरिरहेको जनाइएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend