काठमाडौं । मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका– ४ धुम्बाराही (चिलिमे टावरमा रहेको) स्थित शाखा कार्यालयको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलद्वारा सम्पनन भएको छ।मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान काठमाडौं महानगरपालिका– ४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिक रुपमा वित्तीय सेवाको शुभारम्भ गरेको हो। उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ्ग सेवाको विस्तारको प्रशंसा गरे। उनले जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिए।
समारोहमा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणको लागि बैंक तथा नियमक निकायले अख्तियार गर्नुपर्ने रणनीतिहरुको बारेमा मन्तव्य राखे। कार्यक्रमको सभापतित्व बैंकको सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए। समापन तथा धन्यवाद मन्तव्य राख्दै मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे। नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महशुस गर्नु हुने विश्वास बैंकले लिएको छ।
एक विशेष समारोहको आयोजना गरी गरिएको उक्त कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसंग जोडिएको र पर्याप्त पार्किङ सुविधा रहेकोले सबैको पहुँचमा सहजता हुने बैंकको विश्वास छ।




.gif)





