काठमाडौँ । भाद्र १०,ललितपुरको भनिमण्डलबाट सोमबार साँझ एक युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहँदा पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, गौरवको डेराबाट प्रहरीले ९१ लाख ५० हजार रुपैयाँ नगद, पैसा गन्ने मेशिन, १ केजी ५ सय ग्राम गाँजा, ११ थान मोबाइल, आइप्याड र ल्यापटप बरामद गरेको छ। ती सामग्रीहरू अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए।
उपत्यका प्रहरी कार्यालय र ललितपुर प्रहरीको संयुक्त टोलीले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले थप अनुसन्धान गरिरहेको छ।




.gif)





