काठमाडौँ । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित परीक्षा तयारी प्लेटफर्म ‘प्रेपएक्स’ औपचारिक रूपमा सार्वजनिक हुने भएको छ । ट्यापको आयोजनामा आगामी डिसेम्बर १८, २०२६ शुक्रबार काठमाडौँमा विशेष कार्यक्रमबीच प्रेपएक्सको आधिकारिक शुभारम्भ हुने भएको हो ।कार्यक्रम काठमाडौँस्थित बेस्ट वेस्टर्न प्लस होटलको अन्नपूर्ण हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ । आयोजक ट्यापका अनुसार कार्यक्रममा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शिक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
प्रेपएक्सलाई नेपालकै उत्कृष्ट एआई प्रविधिमा आधारित परीक्षा तयारी प्लेटफर्मका रूपमा प्रस्तुत गरिएको छ । यसको औपचारिक सुरुवातसँगै नेपाली विद्यार्थीले प्रविधिको प्रयोगमार्फत परीक्षा तयारी गर्ने नयाँ अवसर पाउने अपेक्षा गरिएको छ ।कार्यक्रममा शिक्षा क्षेत्रका प्रतिनिधि, शैक्षिक परामर्श व्यवसायी तथा अन्य विशिष्ट अतिथिहरूलाई आमन्त्रण गरिएको छ । औपचारिक शुभारम्भसँगै सहभागीहरूका लागि ककटेल पार्टी तथा गाला डिनरको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।




.gif)



.gif)
