images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज मौसम मध्यम वर्षाको सम्भावना...

आज मौसम मध्यम वर्षाको सम्भावना , कहाँ छ वर्षा ?

आज मौसम मध्यम वर्षाको सम्भावना , कहाँ छ वर्षा ?

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौँ । देशभर आज साधारणतया बदली हुने जलवायु पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images

    महाशाखाका अनुसार, लुम्बिनी प्रदेश सहित अन्य प्रदेशका पहाडी भूभागहरूमा पनि केही स्थानहरूमा वर्षा हुन सक्नेछ। साथै, तराईका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुने सम्भावना देखिएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावनासमेत रहेको पूर्वानुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend