images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको मौसम मध्यम देखि भारी...

आजको मौसम मध्यम देखि भारी वर्षाको सम्भावना, कहाँ छ वर्षा ?

आजको मौसम मध्यम देखि भारी वर्षाको सम्भावना, कहाँ छ वर्षा ?

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । आज देशभर विभिन्न भागमा लगातार वर्षा भइरहेको छ। बिहीबार राति काठमाडौं उपत्यका सहित धेरै स्थानहरूमा मध्यम देखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    images
    images

    विभागका अनुसार पछिल्लो १ देखि ३ घण्टाको अवधिमा सुर्खेतको गोठीकाँडा, सुर्खेत एरपोर्ट, पश्चिम रुकुमको वनफीकोट, पर्वतको कुसमा, कास्कीको लुम्ले र रिवान, लमजुङको भुजुङ र खुदिबजार, सिन्धुपाल्चोकको बोल्डे, काठमाडौंको सुन्दरीजल तथा धनकुटाको पाख्रिबास र आसपासका क्षेत्रमा उल्लेख्य वर्षा भएको हो।

    विभागले आगामी केही घण्टा सम्म थप वर्षा हुने सम्भावना रहेको जनाउँदै यी क्षेत्रहरूमा स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने चेतावनी दिएको छ। संभावित जोखिमका कारण सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

    images
    images

    थप वर्षा हुने सम्भावना रहेकोले सो क्षेत्रहरू भइ बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने आवश्यक सतर्कता अपनाइराखौँ, विभागले राति १०ः३० बजे जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend