images

२०८३ आश्विन १६ गते

images
images
images

बैंकको ४८ करोड नतिरेपछि ठमेलको आर्टस होटल लिलामीमा

बैंकको ४८ करोड नतिरेपछि ठमेलको आर्टस होटल लिलामीमा

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलको चाक्सीवारीमा १० वर्ष अगाडि भव्यरुपमा खुलेको होटल आर्टस काठमाडौं लिलामीमा गएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४८ करोड रुपैयाँ नतिरेपछि होटल लिलामीमा गएको हो ।गोरखाका पर्यटन व्यवसायी चिरन्जीवी भट्टले २०७२ को फागुनदेखि सुरुवात गरेको ६० कोठाको उक्त होटलले बैंकको ऋण तिर्न नसकेपछि लिलामीमा गएको हो ।बैंकले न्यूनतम ४८ करोड १७ लाख रुपैयाँ ऋण असुलीका लागि उक्त होटल लिलामी गर्न सार्वजनिक सूचना निकालेको छ ।होटल १० वर्ष अगाडि नै सञ्चालनमा आएको थियो । होटलमा त्यतिबेलै ५० करोड रुपैयाँ लगानी भएको जानकारी दिएको थियो।

    images
    images

    ८ तालको उक्त होटलबाट काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ भने आकर्षक सुविधासहित खुलेको थियो।भट्टले आफैंले २०६० सालमै किनेको जग्गामा होटल बनाएको भने पनि उनले बैंकको ऋण तिर्न नसकेका कारण होटल लिलामीमा गएको हो । ३४ वर्षदेखि पर्यटन व्यवसाय गरिरहेका भट्टको योजनाले फेल खाएका कारण होटल लिलामीमा गएको हो ।बैंकले भट्टको नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता भएको १५ रोपनी जग्गा र सोमा बनेको भवन बैंकले लिलाम गर्न लागेको हो।भट्टकी श्रीमती लक्ष्मीको नामको एक रोपनी जग्गा र सोमा बनेको भवनसहितको उपकरण पनि लिलामी हुने बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

    बैंकले जग्गाको न्यूनतम् मूल्य ४८ करोड १७ लाख १३ हजार ९ सय रुपैयाँ तोकेको छ । बैंकलाई भट्टले तिर्नुपर्ने ओभरड्राफ्ट, १० प्रतिशत ब्याजदरमा पाएको कोभिड कर्जा र आवधिक कर्जाको रकम नतिरेपछि होटल लिलामी गरेर बैंकले ऋण असुल गर्न खोजेको हो ।बैंकले भट्टलाई पटक पटक लिखि तथा मौखिक ताकेता गर्दा कर्जा चुक्ता नभएको, धितो सम्पत्ति लिलाम गर्न ३५ दिनको सूचना प्रकाशित गर्दासमेत कर्जा असुल हुन नसकेकोले उल्लेख गरेको छ ।बैंकले होटलका सञ्चालक भट्टलाई १५ दिनभित्र सम्पर्क गरी सम्पूर्ण साँवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिन भनेको छ।

    images
    images

    बैंकले भने अनुसारको कर्जा चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असुल गर्ने भएको छ । लिलाममार्फत बिक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकुल समयमा बैंक आफैंले सकार गरिलिन सक्ने वा असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने बैंकले जनाएको छ । बैंकले होटल लिलामी गर्ने सूचना निकालेसँगै ३४ वर्षदेखि पर्यटन व्यवसाय गरिरहेका भट्टको सफलतापूर्वक होटल सञ्चालन गर्ने योजना फेल भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend