images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पर्सामा ४८ लाख ९१ हजार मूल्य...

पर्सामा ४८ लाख ९१ हजार मूल्य बराबरका सामान बरामद

पर्सामा ४८ लाख ९१ हजार मूल्य बराबरका सामान बरामद

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपाल पर्साले रु ४८ लाख ९१ हजार २७५ रकम पर्ने ब्रेजा गाडीसहित भन्सार छलीका सामान बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएकोे टोलीले वीरगञ्ज महानगरपालिका– ९ घण्टाघरचोकबाट रक्सौलतर्फ जाँदै गरेको बिआर०१एफई ७१९९ नंको सुजकी भिटारा ब्रेजा गाडीमा आवश्यक कागजात नभेटिएपछि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । 

    images
    images

    सशस्त्र प्रहरीका अनुसार सो गाडीको मूल्य अनुमानित ३० लाख रहेको छ । सशस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले आज नै सशस्त्र प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएको अवस्थामा रु १५ लाख ६९ हजार मूल्य बराबरको कपडा, बटर तथा सवारीसाधनको ‘इन्जिन’का ‘स्पेयर पार्टस’ नियन्त्रणमा लिएको जानकारी दिनुभयो । 

    यस्तैगरी, सशस्त्र प्रहरीले वीरगञ्ज–१६ स्थित विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याउँदै गरेको रु एक लाख ७० हजार ८८५ मूल्य पर्ने विभिन्न समान तथा मदिरासमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगर–१९ वर्वाबाट भन्सार छलीका रु ८७ हजार ४२० मूल्य पर्ने सामान बरामद गरेको जनाएको छ । यस्तै, छपकैयाबाट पनि भन्सार छलीका रु ६३ हजार ९७० मूल्य पर्ने कपडा र किराना सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend