images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको मौसम मध्यम वर्षाको सम्भावना, यी...

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • २०८२ साउन ३० गते (शुक्रबार)

    images
    images

    आज दिउँसोः गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र देशका बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज रातीः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    images
    images

    आगामी २४ घण्टाका लागि परामर्श (Advisory for next 24 hours)

    आज गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी देखि  धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) साथै, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ । 
    (पुनश्चः मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा प्रत्येक दिन बिहान ८ बजे र साँझ ६ बजे अध्यावधिक गरिन्छ।)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend