images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बेनी-जोमसोम सडकखण्डमा १० स्थानमा पहिरो, राति...

बेनी-जोमसोम सडकखण्डमा १० स्थानमा पहिरो, राति सवारीसाधन चलाउन बन्द

बेनी-जोमसोम सडकखण्डमा १० स्थानमा पहिरो, राति सवारीसाधन चलाउन बन्द

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण–७ को महभीर लगायतका ठाउँमा निरन्तर पहिरो खसेर सडक अवरुद्ध हुने गरेका छन् । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत सिरुवारी, गुइँठेभिर, खामभिक्ता लगायतको ठाउँमा पहिरो रहेको र सामान्य रोकथामबाट पहिरोलाई नियन्त्रण गर्न नसकिने अवस्थामा रहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका योजना प्रमुख ध्रुवकुमार झाले जानकारी दिए ।

    images
    images

    वर्षातमा यो क्षेत्रमा निरन्तररूपमा पहिरो खस्ने गरेको छ, हामीले पहिरोग्रस्त क्षेत्रमा अवरुद्ध हुने सडकलाई डोजर लगाएर खुलाउने गरेका छौँ । तर, पहिरोको स्थायी समाधान नभएसम्म वर्खायाममा सडक सुरक्षित बनाउन सम्भव देखिएको छैन,’ उनले भने ।  पहिरोग्रस्त क्षेत्रको भूगर्वविदको टोलीद्वारा विस्तृत अध्ययन गरी रोकथामको लागि प्रक्रिया अघि बढाइएको भएपनि पहिरो नियन्त्रण र रोकथाम योजनामा कुनै पनि निर्माण कम्पनीले ठेक्का प्रक्रियामा भाग नलिएपछि पहिरो रोकथामको योजना अलपत्र परेको छ । गत वर्ष आयोजनाले पहिरो नियन्त्रण र रोकथामका लागि रु २० करोड बजेट विनियोजन गरेर ठेक्का आह्वान गरेको भएपनि निर्माण कम्पनीले ठेक्कामा भाग नलिएपछि काम सुरु हुन नसकेको हो । चालु आर्थिक बर्षमा समेत पहिरो रोकथाम र नियन्त्रण योजनाको लागि विनियोजन भएको बजेटलाई कार्यान्वयनका लागि ठेक्का प्रकृया अघि बढाइएको योजना प्रमुख झाले जानकारी दिए । 

    बेनीदेखि घाँससम्म करिब ४० किलोमिटर सडक खण्डमा १० वटा पहिरो छन् । यस स्थानमा भएका पहिरोको विस्तृत अध्ययन गरे पनि रोकथाम र नियन्त्रणको काम सुरु नहुँदा हरेक वर्खायाममा म्याग्दीको रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङ जिल्लाका सर्वसाधारण तथा पर्यटक र तिर्थयात्रीहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पानी पर्दासाथ पहिरो खस्ने समस्याले सडकयात्रा जोखिमपूर्ण भएको अन्नपूर्ण गाउँपालिका– ३ दानाका वडा अध्यक्ष रमेश पुर्जाले जानकारी दिए । ‘यो समयमा रातमा यात्रा गर्न उपयुक्त छैन, ठाउँ ठाउँमा पहिरोले सास्ती दिने गरेको छ, बर्षा नरोकिँदा सम्म बेनी–घाँसा खण्डको यात्रा निकै जोखिमपूर्ण छ,’ वडाध्यक्ष पुर्जाले भने । बेनी–जोमसोम सडकमा पहिरोका कारण वर्षातको समयमा यातायात प्रभावित हुने गरेको छ भने यात्रुले सास्ती खेप्दै आएका छन् । सडक विस्तार गर्नुभन्दा अघिसम्म अहिले गएका ठूला पहिरो नभएकाले सडक कालोपत्रे सहितको योजनामा पहिरो नियन्त्रणको काम समावेश गरिएको थिएन । कालोपत्रे सहित स्तरोन्नती भइरहेको बेनी–जोमसोम सडकखण्डमा करिब ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

    images
    images

    आयोजनाले गत वर्ष नै ठूला पहिरोको जोखिम र रोकथामबारे विस्तृत अध्ययन गरे पनि रोकथामको काम भने अझै सुरु भएको छैन । यस सडकखण्डमा हरेक वर्ष नयाँ ठाउँमा पहिरो खस्ने समस्या बढेको छ । कालीगण्डकी नदी किनार हुँदै विस्तार भएको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी खण्डमा सडक विस्तारको भूगोल साँघुरो रहेको छ भने कमजोर भू–बनोटका कारण नयाँ नयाँ ठाउँमा पहिरो खस्नेक्रम बढ्दो छ । यो वर्ष महभीरमा नयाँ पहिरो खस्न थालेको छ । पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा मंगलबारदेखि रातको समयमा सवारीसाधन चलाउन बन्द गरिएको छ । जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णयअनुसार २७ साउनमा बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ देखि बिहान ५ बजेसम्म सवारी आवतजावत बन्द गरिएको हो ।  वर्षासँगै ठाउँ–ठाउँमा ठूला पहिरोको जोखिम बढेको र सडक अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवत जावत बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend