images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • ठमेलबाट ११५ केजी बुद्धचित्तको दाना र...

ठमेलबाट ११५ केजी बुद्धचित्तको दाना र साढे १२ लाख रकमसहित २ चिनियाँ नागरिक पक्राउ

ठमेलबाट ११५ केजी बुद्धचित्तको दाना र साढे १२ लाख रकमसहित २ चिनियाँ नागरिक पक्राउ

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं  । काठमाडौंको ठमेलस्थित एक होटलबाट  ११५.६५ केजी वुद्धचित्तकाे दानासहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा  ४६ वर्षीय लिउ जिङताव  (पासपोर्ट . EM7565596) र २३ वर्षीय लिउ छिआ‍‍ओसुवा (पासपोर्ट नं. EK8567657) रहेका छन्।  उनीहरुकाे साथबाट  स्राेत नखुलेकाे १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जानकारी दिएकाे छ ।

    images
    images

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूलाई  बुधबार दिउँसो १ बजेमा ठमेलको जिङझिङ अन्तर्राष्ट्रिय होटलबाट पक्राउ गरिएको हो। उनीहरू होटल कोठा नं. ४०४ र ४०९ मा बसोबास गर्दै आएका थिए।उक्त हाेटलबाट बुद्धचित्तकाे अवैध काराेबार गरिरहेकाे सूचनाकाे आधारमा उनीहरुलाई नगदसहित पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता अपीलराज बाेहराले जानकारी दिए ।प्रहरीले उनीहरूबाट नेपाली रुपैयाँ १२ लाख ७० हजार, १५५.६५ केजी बुद्धचित्त, ३ वटा मोबाइल फोन, र २ थान पासपोर्ट बरामद गरेको जनाएको छ। प्रहरीले उक्त रकम र सामग्रीहरू नियमविपरीत देखिएको भन्दै अनुसन्धान अघि बढाएको छ।घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend