images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • सेयर बजारको विश्लेषण गर्न ‘नेप्से एआई’...

सेयर बजारको विश्लेषण गर्न ‘नेप्से एआई’ डाउनलोड गर्दा चोरी होला सबै पैसा !

सेयर बजारको विश्लेषण गर्न ‘नेप्से एआई’ डाउनलोड गर्दा चोरी होला सबै पैसा !

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपमार्फत ठगी गर्ने घटनाबारे सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ। हाल सामाजिक सञ्जालमा उक्त एप डाउनलोड गर्न प्रेरित गरी सेयर बजारको विश्लेषण गरेर बढी नाफा कमाउन सकिने भ्रामक प्रचार भइरहेको भन्दै प्रहरीको साइबर शाखाले चेतावनी जारी गरेको हो।ब्यूरोका अनुसार पीडितलाई उक्त एप डाउनलोड गराएपछि ‘रिमोट सेसन’ खोली मोबाइलमा पहुँच प्राप्त गरिन्छ । त्यसको केही क्षणमै बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र स्थानान्तरण गरिन्छ। यस्तै, पैसा चोरी भइसकेपछि मोबाइलमा रहेको सम्पूर्ण डाटा र एपहरू समेत मेटाइदिने गरिन्छ।

    images
    images

    हालैको एक घटनामा, एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट उक्त एप डाउनलोड गरेपछि उनको मोबाइल स्क्रिन केही समय ब्ल्याक भएको र बैंक खाताबाट करिब २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको उजुरी परेको ब्यूरोले जनाएको छ।सीआईबीले यस्ता घटनाबाट बच्न टु-फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने, पासवर्ड समय समयमा परिवर्तन गर्ने, अपरिचित लिंक वा विज्ञापनमार्फत एप इन्स्टल नगर्ने, रिमोट एक्सेस कसैलाई नदिने तथा आधिकारिक स्रोतबाट मात्र एप डाउनलोड गर्ने सुझाव दिएको छ।प्रहरीले यस्ता घटना भए तुरुन्त बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा खबर गर्न पनि आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend