काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.४४ अंकले घटेर २८२१.९२ बिन्दुमा बन्द भएको छ ।अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से १८.३० अंकले उकालो लागेको थियो ।
सोमबार सूचक घटेपनि कारोबार रकम भने सुधार भएको छ । आज नेप्सेमा कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।गत साताको बिहीबार भने नेप्सेमा कुल ८ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार कारोबारमा आएकामध्ये ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको घटेको छ ।




.gif)



