images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • सिक्लेस हाईड्रोपावरले १५ प्रतिशत बोनस दिने,...

सिक्लेस हाईड्रोपावरले १५ प्रतिशत बोनस दिने, हकप्रद पनि जारी गर्ने

सिक्लेस हाईड्रोपावरले १५ प्रतिशत बोनस दिने, हकप्रद पनि जारी गर्ने

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं ।  सिक्लेस हाईड्रोपावर लिमिटेडले शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को गरी १५ प्रतिशत बोनस दिने भएको हो । कम्पनीको गत २५ गते बसेको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने निर्णय गरेको कम्पनी सचिव नीराजन महर्जनले जानकारी दिए । महर्जनका अनुसार सिक्लेस हाईड्रोपावरले चुक्ता पुँजीको १५ प्रतिशत हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र चुक्ता पुँजीको ०.७८९ प्रतिशत हुन आउने ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

    images
    images

    उक्त नगद लाभांश कर प्रयोजनका लागि भएको महर्जनले जानकारी दिएका छन् । साथै बोनस शेयर जारी गरे पछि सिक्लेस हाईड्रोपावरले हकप्रद शेयर समेत जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने महर्जनले जानकारी दिएका छन् । उक्त बोनस र हकप्रद शेयर विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेको परेपछि हुने कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend