images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद...

नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ।धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार अब नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। यसअघि यो हकप्रदमा आज साउन २६ गतेसम्म आवेदन दिने समयसीमा रहेको थियो।

    images
    images

    गत साउन ६ गतेदेखि कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गरेको छ। जसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको छ।

    कम्पनीका सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर आवेदन दिन सक्नेछन्। लगानीकर्ताहरुले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट समेत खरिद आवेदन दिन सक्नेछन्।हकप्रद सेयर जारी गर्न कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। यसको मतलब जेठ २९ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

    images
    images

    हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। हकप्रद बिक्रीपछि कम्पनीको न्यूनतम चुक्तापुँजी कायम हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend