images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • साहस उर्जाको नाफा ११५ प्रतिशतले बढ्दा...

साहस उर्जाको नाफा ११५ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दनी कति ?

साहस उर्जाको नाफा ११५ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दनी कति ?

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । कर्जाको ब्याजदर घटेसँगै वित्तीय लागत घट्दा साहस उर्जाको नाफामा उल्लेख्य वृद्धि भएको छ । निजी क्षेत्रले प्रवद्र्धन गरी ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत सञ्चालनमा ल्याएको कम्पनीले गत आर्थिक ९० करोड २३ लाख २७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।अघिल्लो आर्थिक वर्षमा ४२ करोड ३ लाख ५८ हजार नाफा कमाएको कम्पनीको गत आर्थिक वर्षमा नाफा ११४.६६ प्रतिशतले बढेको हो ।

    images
    images

    साहस उर्जाले हालै मात्र बुढीगण्डकी हाइड्रोपावरको लाइसेन्स लिएको टाइम्स इनर्जीको स्वामित्व खरीद गरी आयोजनाको लागि वित्तीय व्यवस्थापन गरी सम्झौता समेत गरीरहेको छ । कुल ७० अर्ब लागत रहेको उक्त आयोजनामा साढे ५२ अर्ब ऋणको लागि ‘फाइनान्सियल क्लोजर’ सम्झौत भइसकेको छ । जसमा साहस उर्जाको ५१ प्रतिशत सेयर रहेको छ ।

    साहस उर्जाको अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत बिक्री आम्दानीमा वृद्धि र वित्तीय लागतमा कमी आउँदा नाफामा उल्लेख्य वृद्धि भएको हो । कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको तुलनामा ८.२० प्रतिशतले बढेर २ अर्ब ६४ करोड ८१ लाख ६६ हजार पुगेको छ । कम्पनीको प्रत्यक्ष खर्च र परियोजनाको एमोटाइजेसन खर्च पछिको कुल आम्दानी १ अर्ब ८२ करोड ९६ लाख पुगेको छ ।ब्याजदर घटेसँगै कम्पनीको वित्तीय लागत १ अर्ब १६ करोड ५३ लाख रुपैयाँबाट घटेर ८० करोड ५९ लाख २ हजारमा सीमित भएको छ । जसले गर्दा कम्पनीको नाफा पनि उल्लेख्य बढाएको हो ।

    images
    images

    अघिल्लो आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्दा कम्पनीको ३ अर्ब ५० करोड रुपैयाँबाट बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । ८ प्रतिशतले चुक्ता पूँजी बढेपनि कम्पनीको नाफा शत प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २६.८० गुणा छ । कम्पनीको जगेडाकोष तथा सञ्चित नाफा ३ अर्ब १६ करोड ९६ लाख ५० हजार रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend