काठमाडौँः धरान (सुनसरी), २०८२ साउन २५, लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव तीव्र रुपमा बढ्दै गएको छ। नदीको जलसतह उच्च हुँदै गएपछि कोशी ब्यारेजका ५६ ढोका मध्ये २८ ढोका खोलिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, शनिबार राति ९ः०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेज हुँदै बहने पानीको बहाव प्रतिसेकेण्ड २,०४,३०० क्यूसेक (क्यूबिक फिट प्रतिसेकेण्ड) पुगेको हो।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, जसअनुसार अहिले कन्ट्रोल रुमले रातो बत्ती बालिएको जानकारी दिएको छ।
हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले बताएका छन्। तर, केही दिन देखिको लगातार वर्षाका कारण जलसतह अझै बढ्न सक्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको छ।




.gif)





