images

२०८३ मंसिर १२ गते

images
images
images
  • समाचार
  • बागमती सरकार समावेशी बनाउन माग गर्दै...

बागमती सरकार समावेशी बनाउन माग गर्दै देउवा निवासमा डेलिगेसन

बागमती सरकार समावेशी बनाउन माग गर्दै देउवा निवासमा डेलिगेसन

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषद् समावेशी हुनुपर्ने माग गर्दै नेपाल दलित संघ काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा डेलिगेसन पुगेको छ । बिहीबार नेपाल दलित संघ काठमाडौँका अध्यक्ष सुरेश परियारको नेतृत्वको टोली बुढानीलकण्ठ पुगेर सभापति देउवालाई ध्यानाकर्षण गराएको हो । 

    images
    images

    सो क्रममा बागमती प्रदेश सरकारमा दलित तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व गराउन देउवालाई ध्यानाकर्षण गराइएको बुढानीलकण्ठ पुगेका एक नेताले बताए । हाल प्रदेशमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । बानियाँ नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउने चरणमा रहेकाले दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने उनीहरूको धारणा थियो ।  यसअघिका मन्त्रिमण्डलमा  दलित समुदायलाई नसमेटिएकाले यो पटक भने त्यसो हुन नहुने उनीहरूको धारणा थियो । 

    सो क्रममा उनीहरूले हाल गठित बानियाँ नेतृत्वको सरकारले समावेशीताको मुद्दालाई निष्कर्ष दिनेगरी दलित, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न र आफ्नो अधिकार प्राप्तिको लागि पहल गरिदिन समेत देउवालाई आग्रह गरेका थिए ।उक्त भेटमा सभापति देउवाले कांग्रेस समावेशी सहभागिताको एजेन्डाबाट अलग नभएको र सबैलाई न्याय हुनेगरी समावेशी सहभागिताको पहल गर्ने आश्वासन दिए । भेटमा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारको समेत सहभागिता थियो । 

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend