images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल बैंकका ग्राहक तथा कर्मचारीले अल्फा...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा छुट पाउने

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    images
    images

    सम्झौता पत्रमा मिति २०८२ साल श्रावण १९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा. लि.को तर्फबाट ल्याव निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन् ।सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा (क्बmउभि अयििभअतष्यल को लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र औषधी खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरू डायग्नोस्टिक सेन्टरको ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुन सक्नेछन् ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend