images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सिडिएससीद्धारा प्रस्ताव गरिएको आईएसआईएन विषय प्रति...

सिडिएससीद्धारा प्रस्ताव गरिएको आईएसआईएन विषय प्रति एनआरएनएको ध्यानकर्षण

सिडिएससीद्धारा प्रस्ताव गरिएको आईएसआईएन विषय प्रति एनआरएनएको ध्यानकर्षण

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडाैं । गैरआवासीय नेपाली संघले सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा हालै नेपाल धितोपत्र बोर्ड समक्ष पेस गरिएको प्रस्ताव प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । सीडीएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर आईएसआईएन) नम्बरको व्यवस्था गर्ने भनेर पेश गरेको भनिएको प्रस्तावले प्रभाव नेपालको पूँजी बजार, लगानी वातावरण र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्न सक्ने संघले जनाएकाे छ । 

    images
    images

    यस्तो प्रस्ताव कार्यान्वयन भएमा बिदेशमा बसोबास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, शेयर कारोबारमा अन्योल बढ्ने, तथा दीर्घकालीन रूपमा पूँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर पर्ने स्पष्ट संकेत देखिएको संघकाे भनाइ छ। गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने काम भइरहेकोमा त्यसलाई अझ बढी संगठित रुपमा साना तथा मझौला लगानीलाई समेत नेपालमा भित्र्याउने संघको उद्देश्य रहेको अवगत नै छ । सोहीअनुसार ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप तथा वित्तीय क्षेत्रमा गैरआवासीय नेपालीहरूद्वारा उल्लेखनीय लगानी हुने क्रम बढिरहेको छ। गैरआवासीय नेपालीहरूबाट नेपालमा हुने लगानी अहिलेको आर्थिक सुधार र पूर्वाधार विकासमा महत्वपूर्ण स्रोत हो । तर विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पूँजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण गर्नुपर्नेमा यस प्रस्तावित निर्देशिकाले लगानीमा ठुलो असर पर्ने संघको ठहर छ । 

    गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता, र कानुनी स्पष्टता अपेक्षा गर्छन् । तर प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा संस्थापक शेयरधनीहरूले शेयर बेच्नसमेत कठिनाइ भोग्नुपर्ने, वैदेशिक लगानी फिर्ता गर्न नसकिने परिस्थिति बन्ने, र कानुनी अन्योलको वातावरणले अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा भएकाे संघले जनाएकाे छ । पूँजी बजार प्रतिको विश्वास लगानी सुरक्षाको प्रत्याभूति र प्रवासी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्नु नेपालको दीर्घकालीन समृद्धिको आधार हो। त्यसैले हामी सम्बन्धित नियामक निकायहरू, विशेषतः नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र सिडिएससीलाई यो प्रस्ताव पुनर्विचार गर्न, गम्भीर छलफलमार्फत समग्र प्रभाव मूल्याड्कन गर्न र सन्तुलित निर्णय लिन संघले आग्रह गरेकाे छ । 

    images
    images

    संघले विदेशमा बसोबास गर्ने नेपाली समुदायको तर्फबाट आग्रह गर्दै नेपालमा लगानीमैत्री वातावरणको रक्षा गरि कानुनी तथा प्रणालीगत नीतिहरूले निजी क्षेत्र, प्रवासी नेपाली, र वैदेशिक लगानीकर्तामा आशावादी सन्देश दिन आग्रह गरेकाे छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend