images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आइएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट...

आइएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट टेक्नोलोजीलाई

आइएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट टेक्नोलोजीलाई

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ । काठमाडौंको धन्वन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई वारियर्सलाई ५–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।आइएमई ग्रुपले आयोजना गरेको प्रतियोगितामा समूहअन्तर्गत रहेका १८ कम्पनीले सहभागिता जनाएका थिए । स्वीफ्ट टेक्नोलोजीले लगातार पहिलोपटक उपाधि रक्षा गरेको हो ।

    images
    images

    प्रतियोगितामा दोस्रो हुने समूहले ५० हजार रुपैयाँ र तेस्रो हुने समूहले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उपाधि विजेता स्वीफ्ट टेक्नोलोजीले एक लाख रुपैयाँ नगद पुरस्कार पाएको छ ।प्रतियोगिताअन्तर्गत पहिलो खेल आइएमई ग्रुप म्यानेजमेन्ट समूह र ग्रुप कम्पनीअन्तर्गतका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच भएको थियो । उक्त खेलमा आइएमई ग्रुप म्यानेजमेन्ट समूह २–० ले विजयी भएको थियो ।प्रतियोगिता उद्घाटनका क्रममा आइएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले सिनर्जी कपले ग्रुपमा आबद्ध कर्मचारीबीच सौहार्दता कायम गर्न सहयोग पुग्ने बताए ।ट्रफी हस्ता

    न्तरण गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले प्रतियोगितामा सहभागी सबै समूहले उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले आगामी वर्षको प्रतियोगितामा थप ऊर्जाका साथ सहभागी हुन सबै समूहलाई शुभकामना दिए ।आइएमई ग्रुपको आयोजनामा पहिलोपटक भएको सिनर्जी कप २०८३ को डिसहोमअन्तर्गत एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend