images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • बजेटविहीन सुदूरपश्चिम सरकार : तीन महिना...

बजेटविहीन सुदूरपश्चिम सरकार : तीन महिना बित्दा पनि बजेट ल्याउन सकेन

बजेटविहीन सुदूरपश्चिम सरकार : तीन महिना बित्दा पनि बजेट ल्याउन सकेन

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • धनगढी । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पूरा हुन लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट पेस गर्न सकेको छैन । बजेट पेस नभएका कारण प्रदेश सरकारसँग विकास र सेवा सञ्चालनका लागि खर्च गर्ने रकम छैन । बजेट अभावमा प्रदेश सरकारका नियमित कामदेखि विकास निर्माणसम्म प्रभावित भएका छन् ।मंगलबार बिहान ११ बजे प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी छ । बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न समितिको बैठक बोलाइएको हो । बैठकमा बुधबार अपराह्न ५ बजे प्रदेश सभा बैठक आह्वान गर्ने र बजेट पेस गर्ने सम्बन्धमा छलफल हुने जनाइएको छ ।

    images
    images

    यसैबिच मुख्यमन्त्री खगराज भट्ट अस्वस्थताका कारण घरमै आराम गरिरहेका छन् । जसले गर्दा बुधबार बजेट पेस हुने सम्भावना पनि न्यून रहेको निकट स्रोत बताउँछ ।मुख्यमन्त्री भट्टको सचिवालय स्रोतका अनुसार दौडधुपका कारण उनी बिरामी भएका हुन् । ‘उहाँ बिरामी हुनुहुन्छ । साह्रै दौडधुप भयो, अहिले आराममा हुनुहुन्छ,' सचिवालयका एक सदस्यले भने ।यसअघि तत्कालीन प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेस गरेको थियो । त्यतिबेला ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस गरिएको थियो ।तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहको सरकार अल्पमतमा परेपछि बजेट पारित हुन सकेको थिएन । शाहले साउन २८ गते मुख्यमन्त्री पदबाट राजीनामा दिए ।

    त्यसपछि नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बने । नयाँ सरकारले भदौभित्रै बजेट भने पनि असोज बित्नलाग्दा समेत बजेट पेस हुन सकेको छैन ।बजेटको आकार कत्रो हुने, उपलब्ध स्रोतलाई कसरी बाँडफाँट गर्ने र विभिन्न तहबाट आएका योजनालाई कसरी समेट्ने भन्ने विषयमा सरकारभित्रै सहमति जुट्न नसकेको आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए ।उनका अनुसार प्रदेशसँग अहिले करिब ३३ अर्ब १३ करोड रुपैयाँ बराबरको स्रोत उपलब्ध छ । प्रशासनिक खर्च, पुराना दायित्व, सम्पन्न आयोजनाको भुक्तानी तथा नयाँ योजनाको माग सम्बोधन गर्न यो रकम पर्याप्त नहुने देखिएको छ ।अघिल्लो सरकारले ल्याएको ३७ अर्ब ७० करोडकै आकारमा बजेट बनाउने कि वास्तविक स्रोतअनुसार बजेटको आकार घटाउने भन्ने विषय पनि नटुङ्गिएको ती कर्मचारीले जानकारी दिए ।प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले भने केही दिनभित्रै बजेट ल्याउने तयारी भइरहेको बताए । ‘हामी तयारीमा छौँ, जति सक्यो चाँडो बजेट ल्याउँछौँ । हिजोभन्दा राम्रो र जनमुखी बजेट ल्याउने तयारीमा छौँ,' उनले भने ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend