काठमाडौं । सेयर बजार घट्नेक्रमले आइतबार पनि निरन्तरता पाएको छ ।साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६५.२० अंकले घट्दै २८५७.४३ बिन्दुमा खुम्चिएको छ ।अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से ३१.५० अंकले र बुधबार ४७.९३ अंकले घटेको थियो ।
मंगलबार ३०.७६ अंकले बढेर नेप्से चार वर्ष यताकै उच्च अर्थात् ३००२ बिन्दुमा पुगेको भएपनि त्यस यता भने निरन्तर घटिरहेको छ ।आइतबार नेप्सेमा कुल १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बिहीबार नेप्सेमा कुल १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको काराबोर भएको थियो ।आइतबार कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ ।




.gif)



