काठमाडौं । नेपाली सङ्गीतमा नयाँपन, मौलिकता र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। यस सिरिजमार्फत नेपाली सङ्गीत क्षेत्रमा नयाँ पुस्ताका कलाकारको सिर्जना, शैली र आवाजलाई श्रोतामाझ पुर्याउने लक्ष्य राखिएको छ।
‘नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब’ भन्ने अवधारणासहित सुरु गरिएको यस सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। नियमित रूपमा गीत तथा म्युजिक भिडियो सार्वजनिक गर्ने योजनाले नेपाली सङ्गीतप्रेमीलाई नयाँ सिर्जना सुन्न र हेर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
सिरिजको पहिलो सिजनमा नौ कलाकार तथा सङ्गीत समूह सहभागी हुँदैछन्। जसमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्। यी कलाकारले आफ्ना मौलिक सिर्जनामार्फत नेपाली सङ्गीतको विविधता, नयाँ पुस्ताको सोच र फरक सांगीतिक शैलीलाई प्रस्तुत गर्नेछन्।
नेपाली सङ्गीत क्षेत्रमा नयाँ प्रतिभालाई स्थान दिनुका साथै मौलिक सिर्जनालाई डिजिटल माध्यमबाट श्रोतामाझ पुर्याउने उद्देश्यले सिरिज सञ्चालन गरिएको हो। प्रत्येक दुई सातामा नयाँ गीत सार्वजनिक हुने भएकाले श्रोताले फरक कलाकारका सिर्जना नियमित रूपमा सुन्न र हेर्न पाउनेछन्।
डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगसँगै नयाँ कलाकारका लागि आफ्ना सिर्जना सार्वजनिक गर्ने अवसर पनि विस्तार हुँदै गएको छ। यस्तो अवस्थामा ‘एक्स्ट्रिम म्युजिक सिरिज’ले नयाँ पुस्ताका कलाकारलाई आफ्नो सांगीतिक पहिचान स्थापित गर्न र नेपाली सङ्गीतप्रति युवाको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सिरिजअन्तर्गत सार्वजनिक हुने गीत तथा म्युजिक भिडियो हेर्न श्रोताले Xtreme Music Series को आधिकारिक युट्युब च्यानल सब्सक्राइब गर्न सक्नेछन्। आगामी दिनमा सार्वजनिक हुने नयाँ सिर्जनाबारे जानकारी लिन पनि उक्त च्यानल उपयोगी हुने जनाइएको छ।
#XtremeMusicSeries #XtremeEnergyDrink #NepaliMusic




.gif)





