images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • मापसे गरी सवारी चलाउने दुई जना...
सुरक्षित यात्रा, जिम्मेवार चालक।

मापसे गरी सवारी चलाउने दुई जना नाइट बसका चालक प्रहरी नियन्त्रणमा

मापसे गरी सवारी चलाउने दुई जना नाइट बसका चालक प्रहरी नियन्त्रणमा

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • काठमाडौं, असोज २५ । काठमाडौंको नयाँ बसपार्क गेटस्थित सडकखण्डमा गरिएको मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा दुई जना नाइट बसका चालक मापसे गरेको अवस्थामा फेला परेका छन्।

    images
    images

    चेकजाँचका क्रममा भे १ ख ४५१२ नम्बरको नाइट बसका चालक बर्दिया जिल्ला, गेरुवा गाउँपालिका–४ निवासी ३३ वर्षीय बलराम चौधरी र भे १ ख ४४११ नम्बरको नाइट बसका चालक सुर्खेत जिल्ला, वीरेन्द्रनगर उपमहानगरपालिका–११ निवासी २३ वर्षीय लोचन राना मगरले मादक पदार्थ सेवन गरेको पुष्टि भएको हो।

    मापसे गरेको अवस्थामा फेला परेका दुवै चालकलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कको जिम्मा लगाइएको छ।

    images
    images

    यसैबीच, सम्बन्धित यातायात समितिसँग समन्वय गरी बसमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन आवश्यक सहजीकरण गरिएको जनाइएको छ।

    लामो दूरीमा यात्रु बोकेर चल्ने सार्वजनिक सवारीका चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा यात्रु तथा अन्य सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले मापसे नगरी जिम्मेवार ढंगले सवारी चलाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend