images

२०८३ आश्विन २६ गते

images
images
images

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड सम्पन्न

सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड सम्पन्न

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स क्यापिटल लिमिटेडद्वारा संचालित पहिलो खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ को इकाई बाँडफाँड सम्पन्न भएको छ। यो योजना नेपालकै पहिलो २५ प्रतिशतले ओभरसब्स्क्राइब (over-subscription) भएको खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको छ।

    images
    images

    नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त यस योजनाको इकाई असार १३ गतेदेखि २७ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो। निष्कासन अवधिमा सि(आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिएभन्दा बढी दरखास्त प्राप्त भएपछि बाँडफाँडका लागि आवश्यक प्रक्रिया अघि बढाइएको हो।बाँडफाँड सम्बन्धमा तयार पारिएको तालिका नेपाल धितोपत्र बोर्डमा पेस गरिएकोमा बोर्डबाट कुनै कैफियत नरहेको जनाइएपछि, धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम आज विहान १०ः३० बजे सिटिजन्स क्यापिटलको डिल्लीबजारस्थित कार्यालयमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो।

    बाँडफाँड कार्यक्रममा योजना व्यवस्थापक, कोष प्रवर्धक, CDSC का प्रतिनिधि तथा केही लगानीकर्ताहरूको पनि उपस्थिति रहेको थियो। बाँडफाँडको नतिजा सिटिजन्स क्यापिटल लिमिटेड र CDS & Clearing लिमिटेडको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।सिटिजन्स क्यापिटल लिमिटेडले यस ऐतिहासिक सफलता प्रति सम्पूर्ण लगानीकर्ता, सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था, नियामक निकाय, सञ्चारकर्मी र सरोकारवालाप्रति आभार प्रकट गरेको छ। संस्थाले भविष्यमा पनि म्युचुअल फण्ड तथा वित्तीय सेवा क्षेत्रमा नवीनतम अभ्यास र सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित व्यवसायीहरूको सह-लगानी रहेको छ। कम्पनीले हाल देशभरका सिटिजन्स बैंक शाखामार्फत पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend