images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, ...

सेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्ब ९८ करोडको कारोबार

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौं । सेयर बजारमा ३८.४० अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.४० अंकले घटेर २९१५.७३ बिन्दुमा खुम्चिएको छ ।अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ बिन्दुमा सीमित भएको थियो । मंगलबार भने नेप्से ३०.७६ अंकले बढेर चार वर्षपछि पहिलो पटक नेप्से ३००२ बिन्दुमा अडिएको थियो ।

    images
    images

    बिहीबार नेप्सेमा कुल १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा १६ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।बिहीबार कारोबारमा आएकामध्ये ५२ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ ।

    बिहीबार ट्रेड टावर कम्पनी र नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।आज फाइनान्स समूहको सेयर मूल्य ०.९२ प्रतिशतले बढ्दा अन्य सबै समूहको इन्डेक्स घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend