images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा उच्च अंकको गिरावट, १६...

सेयर बजारमा उच्च अंकको गिरावट, १६ अर्ब ४४ करोडको कारोबार

सेयर बजारमा उच्च अंकको गिरावट, १६ अर्ब ४४ करोडको कारोबार

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.८७ अंकले घटेर २९४९.१९ बिन्दुमा खुम्चिएको छ ।अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेको थियो । सोमबार नेप्से ७.१० अंकले बढेको थियो भने बुधबार १८.४४ अंकले घटेको थियो । त्यसभन्दा अगाडिका आठ कारोबार दिन नेप्से लगातार बढेको थियो ।

    images
    images

    बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा कुल १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार १८ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।बुधबार कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २२६ कम्पनीको सेयर मूल्य घटेको छ । आज सान्भी इनर्जी र ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    बुधबार बैंकिङ समुहको सेयर मूल्य १.६३ प्रतिशतले घट्दा विकास बैंक समूह ३.३४ प्रतिशतले, फाइनान्स समूह २.८७ प्रतिशतले, होटल तथा पर्यटन समूह २.२७ प्रतिशतले र जलविद्युत् समूह १.७९ प्रतिशतले घटेको छ ।यस्तै, लगानी समूह १.६७ प्रतिशतले, जीवन बिमा समूह १.७७ प्रतिशत, उत्पादन समूह १.३२ प्रतिशत, लघुवित्त समूह ३.६४ प्रतिशत, निर्जीवन बिमा समूह १.७४ प्रतिशत र व्यापार समूह २.४५ प्रतिशतले घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend