images

२०८३ आश्विन २६ गते

images
images
images

श्रीनगर एग्रिटेकले आइपिओ ल्याउने

श्रीनगर एग्रिटेकले आइपिओ ल्याउने

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • श्रीनगर एग्रिटेक इण्डिष्ट्रिजले आइपिओ ल्याउने भएको छ। कम्पनीले मंगलबार धितोपत्र बोर्डबाट आइपिओ ल्याउन स्वीकृति पाएको छ।कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको दरमा ३२ लाख ६२ हजार कित्ता सेयर जारी गर्ने भएको हो।सेयर जारी गरेर कम्पनीले ३२ करोड ६२ लाख रूपैयाा बराबर पुँजी उठाउने भएको हो। 

    images
    images

    कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।कम्पनीले इक्रा नेपालबाट बी रेटिङ पाएको छ। यसअघि माइनस बी रेटिङ पाएको कम्पनीको रेटिङस्तरमा सुधार भएको इक्राले उल्लेख गरेको हो।तर पनि, समयमै दायित्व भुक्तानी गर्न सक्ने कम्पनीको क्षमता कमजोर रहेको यो रेटिङले देखाउँछ।  

    कम्पनीले पशुपन्क्षीको लागि र माछाको लागि दाना उत्पादन गर्दै आइरहेको छ।कम्पनीको सुनौलो र हिमदाना नामका दुई उत्पादन छन्। कम्पनीको रूपन्देहीमा रहेको उद्योगको वार्षिक दाना उत्पादन क्षमता एक लाख ३५ हजार मेट्रिक टन छ। कम्पनीको आर्थिक वर्ष २०८०/८१ वार्षिक आम्दानी एक अर्ब नौ करोड रूपैयाँ छ। कम्पनी पछिल्लो समय कुखुरापालन व्यवसाय र मासु उत्पादनमा पनि लागेको छ।   

    images
    images

    कम्पनीमा सतिशचन्द्र श्रेष्ठको ३४ प्रतिशत, चन्द्र पंकज डेभलपर्सको १२ प्रतिशत, शिखर इन्स्योरेन्सको आठ प्रतिशत, सिटिजन्स लाइफ इन्स्योरेन्सको चार प्रतिशत सेयर स्वामित्व छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend