images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज यी नदीमा पानीको वहाब बढ्न...

आज यी नदीमा पानीको वहाब बढ्न सक्ने, सावधानी अपनाउन आग्रह

आज यी नदीमा पानीको वहाब बढ्न सक्ने, सावधानी अपनाउन आग्रह

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।यसले गर्दा देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

    images
    images

    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।बुधबार सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा, अछाम, डोटी, डोल्पा, मुगु, हुम्ला, र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

    त्यसैगरी ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, बागलुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend