images

२०८३ आश्विन १५ गते

images
images
images

एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण

एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । गत आर्थिक वर्ष (आव) ०८१–८१ को एक वर्षको अवधिमा राज्यको सार्वजनिक ऋण दुई खर्ब बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको साउनको सुरुमा २४ खर्ब ३८ अर्ब ४८ करोड ८७ लाख सार्वजनिक ऋण गत आवको असार मसान्तसम्म २६ खर्ब ६९ अर्ब ५७ करोड ७० लाख रुपैयाँ पुगेको हो ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्षको अवधिमा दुई खर्ब ३१ अर्ब ८ करोड ८३ लाख रुपैयाँ सार्वजनिक ऋण बढेर कुल गार्हस्थ्य उत्पादनको आधारमा ४३.७१ प्रतिशत पुगेको छ ।

    images
    images

    गत आवको एक वर्ष अवधिमा सरकारको आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब ६ करोड ४५ लाख रुपैयाँ अर्थात् कुल गार्हस्थ्य उत्पादनको २२.१४ प्रतिशत पुगेको छ । त्यस्तै, बाह्य ऋणतर्फ १४ खर्ब १ अर्ब ३५ करोड २८ लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको २४.५६ प्रतिशत छ ।सरकारले गत आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, गत आवको असार मसान्तसम्म ४ खर्ब ५५ अर्ब ३९ करोड ६ लाख रुपैयाँ मात्र परिचालन गर्न सफल भएको थियो ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार गत आवमा सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ आन्तरिक ऋण र १ खर्ब २५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बाह्य ऋण परिचालन गरेको थियो । जबकी गत आवमा सरकारले आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो ।सरकारले गत आवमा ३ खर्ब ६२ अर्ब ५९ करोड ऋण भुक्तानी गरेको छ । सो आवमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend