images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कुलेखानीबाट लागूऔषधसहित ४ जना भारतीय नागरिक...

कुलेखानीबाट लागूऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ

कुलेखानीबाट लागूऔषधसहित ४ जना भारतीय नागरिक पक्राउ

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौँः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणको लागू औषधसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार राति करिब ८ः३० बजे भारतबाट काठमाडौँ तर्फ आउँदै गरेको स्कारपियो गाडीमा फल्स बटम बनाएर लुकाइ राखिएको लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    images
    images

    सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा भारतको सुगौलीबाट वीरगंज हुँदै काठमाडौँ तर्फ गइरहेको बीआर ०५ पीए ९०९३ नम्बरको स्कारपियो जाँच गर्दा तीन वटा ढोकामा फल्स बटम बनाइ लुकाइएको अवस्थामा लागू औषध फेला पारेको हो।

    पक्राउ परेकामा भारतका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन्। तीमध्ये शेख गजुर सो गाडीका चालक रहेको खुलेको छ।

    images
    images

    सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट नोफिन २,४०० थान, डाइजेपाम २,००४ थान, प्रोमेथाजिन हाइड्रोक्लोराइड २,४०० थान र ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५ थान बरामद गरिएको छ।

    लागू औषध कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे उनीहरूले स्पष्ट जानकारी दिन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई बरामद लागू औषध र प्रयोग गरिएको गाडी सहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend